नक्कली भुटानी शरणार्थी प्रकरण
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
बिहीबार, १३ वैशाख २०८१, १८ : ४३

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसभासद् आङ्टावा शेर्पा र अर्का आरोपी गोविन्द कुमार चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । दुबै जना यसअघि उच्च अदालत पाटनको आदेशले थुनामा रहेका थिए ।
अदालतले शेर्पासँग ३० लाख र चौधरीसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रतिवादीहरूले पुनरावेदन गरेपनि सर्वोच्चले टोपबहादुर रायमाझीसहितका ७ जनालाई भने थुनामै राख्ने आदेश गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागू औषध सहित पोखराबाट २ जना पक्राउ
-
भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ
-
भारतीय प्रहरीको गोली लागेर एक नेपाली घाइते, मोटरसाइकल चोरीको आरोप
-
एनआरएनए एकता महाधिवेशनसम्बन्धी रिपोर्ट परराष्ट्रमन्त्रीलाई हस्तान्तरण
-
अब प्रदीप नेपाल सम्झनामा मात्रै, पशुपतिमा अन्तिम बिदाइ (फोटोफिचर)
-
गभर्नर नियुक्तिको समस्या प्रधानमन्त्रीको कारण आएको होइन : देउवा