नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
काठमाडौँ । नक्कली शरणार्थी प्रकरणका प्रतिवादी शमशेर मियाँको हकमा उच्च अदालतले दिएको आदेश बदर भएको छ । २०८० मंसिर १५ मा उच्च अदालत पाटनले मियाँलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
तर सर्वोच्च अदालतले बिहीबार मियाँको मुद्दा साधारण तारेखमा राखी पुर्पक्ष गर्न आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, 'निवेदक प्रतिवादी शमशेर मियाँको हकमा हेर्दा, जाहेरवाला एवं घटना विवरण कागज गर्ने पीडितहरूले निजलाई कुनै रकम दिएको भनी नाम उल्लेख नगरेको, यी प्रतिवादीले अधिकार प्राप्त अधिकारी र सुरु अदालत समक्ष कसुरमा इन्कार रही बयान गरेका, कुनै पनि सहप्रतिवादीले निजलाई पोल गरेको पनि नदेखिएको स्थितिमा त्यहाँ अदालतबाट मिति २०८०1८।१५ मा निजबाट रु.१०,००,०००/- (दश लाख रुपैयाँ) नगद धरौटी, जमानत वा बैंक जमानत लिने गरी भएको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ को रोहमा बेरितको देखिँदा बदर गरिदिएको छ । प्रस्तुत मुद्दामा पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी निज प्रतिवादी शमशेर मियाँलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण