दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
आइतबार, १६ वैशाख २०८१, १७ : ००

दाङ । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् । सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए ।
सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् ।
नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए । यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीय वलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपशिखा र शेर्पालीलाई प्रचण्डले बोलाए खुमलटार
-
गाजा युद्धविराम प्रस्तावमाथि अमेरिकाले फेरि लगायो भिटो
-
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त
-
जगेडामा रहेका २३ नायब सुब्बालाई जिम्मेवारी (सूची)
-
नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँ: सभापति खतिवडा
-
सिमराकी डीएसपी वाइबा प्रधान कार्यालय फिर्ता