जापानमा रोजगारीको उपलब्धता घट्यो
टोकियो । जापानमा रोजगारीको उपलब्धतामा कमी आएको छ । आर्थिक वर्ष २०२३ मा त्यहाँ रोजगारीको उपलब्धता दर १ दशमलव २९ प्रतिशत रहेको श्रम मन्त्रालयको तथ्याङ्कले देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव शून्य २ प्रतिशत कम भएको सरकारले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।
महँगी उच्चस्तरमा रहिरहँदा कम्पनीहरूले कर्मचारी भर्ती घटाउँदा रोजगारीको उपलब्धता पनि घटेको हो । मार्चमा भने रोजगारीको उपलब्धता अनुपात फेब्रुअरीको तुलनामा शून्य दशमलव शून्य २ प्रतिशतले बढेर १ दशमलव २८ प्रतिशतमा पुगेको छ । यसको अर्थ सो अवधिमा जागिर खोज्ने हरेक सय जनाका लागि १२८ ओटा जागिर उपलब्ध थिए ।
अहिले खाइरहेकै पदमा तलब बढ्छ भन्ने अनुमानमा थोरैले मात्रै नयाँ जागिर खोजेकोले मासिक उपलब्धता अनुपात बढेको बताइएको छ । यो वर्षको शुन्टो तलब वार्तामा अधिकांश ठुला जापानी कम्पनीहरूले कर्मचारीको तलबमा ३३ वर्षयताकै उच्च वृद्धि गरेका थिए ।
सरकारले सार्वजनिक गरेको छुट्टै तथ्याङ्क अनुसार गएको आवमा बेरोजगारी अघिल्लो आवकै २ दशमलव ६ प्रतिशतमा यथावत् रहेको देखाएको छ । मार्चमा सकिएको एक वर्षमा जापानमा करिब १७ लाख ८० हजार बेरोजगार थिए । मार्चमा पनि बेरोजगारी दर अघिल्लो महिनाकै स्तरमा यथावत् रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण