बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

क्रेष्ट माइक्रो लाइफको बिक्री प्रबन्धमा एनआइएमबि

बुधबार, १९ वैशाख २०८१, ११ : ५७
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले हस्ताक्षर गरेका हुन् । माइक्रो लाइफले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने रु.२२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरू प्रति शेयर अङ्कित मूल्य रु.१००/– दरमा सर्वसाधारणहरूमा निष्कासन गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप