३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)
काठमाडौं–गृह मन्त्रालयले ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । बिहीबार प्राप्त सरुवा सूची अनुसार २३ सह–सचिव र १४ जना उप–सचिव प्रजिअ हुने जिल्लाहरुका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी नाराणप्रसाद भट्ट भक्तपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । भक्तपुरका प्रजिअ द्रोण पोखरेललाई सर्लाहीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।
कार्यक्षमतामा कमजोर मानिने र लामो समयदेखि गृह मन्त्रालयमा हाजिर गराईएका सह–सचिव लोकनाथ पौडेललाई पर्साको प्रमुखको रुपमा सरुवा गरिएको छ ।
आकर्षक जिल्ला मानिने झापामा जनकराज दाहाल, रुपन्देहीमा उदयबहादुर राना र काभ्रेमा कृष्णबहादुर राउतको सरुवा भएको छ ।
मन्त्रालयले सह–सचिव प्रजिअ हुने केही जिल्लामा उप–सचिवलाई कामुको जिम्मेवारी सहित सरुवा गरको छ ।
गृह मन्त्रालका उप–सचिव श्रवणकुमार तिमिल्सिनालाई ईलामको कामु प्रजिअको रुपमा सरुवा गरिएको छ । त्यस्तै उप–सचिव कोषहरी निरौलालाई स्याङ्जा, भविश्वर पाण्डेलाई गुल्मी, शेषनारायण पौडेललाई
बाग्लुङको कामु प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।
हेर्नुहोस् सिडीओ सरुवाको सूची


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण