आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

समाजमा आशा जगाउन सबै राजनीतिक दल एक हुनुपर्छ : महामन्त्री शर्मा

आइतबार, २३ वैशाख २०८१, १९ : ५१
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली समाजमा आशा जगाउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औँल्याएका हुन् । 

महामन्त्री शर्माले नेपाल कहिल्यै पराधीन नभएपनि सुगौली सन्धिपछि धेरै भूभाग गुमाउनु परेको उल्लेख गर्दै ती भूभागलाई फिर्ता ल्याउने गरी आफूलाई बलियो बनाएर अघि बढ्न नेपालका राजनीतिक दलहरू सबै मिल्नुपर्ने बताए । उनले नेपाल इतिहासको सबैभन्दा सुन्दरघडीमा रहेको र नेताहरू जनताको खरो प्रश्नभन्दा टाढा भाग्न नसक्ने अवस्था रहेकाले अब जनतामा आशा जगाउनका लागि साझा मनोविज्ञान बनाएर अघि बढ्नुपर्ने बताए । उनले निराशाको नाम दिने भन्दा त्यसलाई असन्तुष्टिको बाटोबाट सन्तुष्टिको खोजी, नयाँ सपनाको खोजीतर्फ लिएर जानुपर्ने पनि बताए ।

महामन्त्री शर्माले युवाहरूमा पनि नयाँ आशा भर्ने काममा सबै राजनीतिक दलहरूले काम गर्नुपर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप