गायक प्रकाश सपुतले गरे फिल्म ‘वसन्त’ निर्माणको घोषणा
काठमाडौँ । चर्चित गायक प्रकाश सपुतले फिल्म ‘वसन्त’ निर्माणको घोषणा गरेका छन् । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्र विकास कोर्डका अध्यक्ष भुवन केसी, लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापालगायतको उपस्थितमा फिल्म घोषणा भएको हो ।
फिल्ममा कथा, संगीत र निर्देशन प्रकाशकै रहनेछ । फिल्मको आगामी भदौदेखि सुटिङ थालिने छ । प्रकाश आफै मुख्य भुमिकामा देखिने छन् भने नायिकामा स्वस्तिमा खड्का हुनेछिन् । फिल्ममा अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायतको समेत अभिनय रहने छ ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । फिल्म २०८१ को चैते दसैँमा प्रदर्शनमा ल्याउने घोषणा निर्माण पक्षले गरेको छ ।
कार्यक्रममा कोर्ड अध्यक्ष केसीले प्रकाशले आगामी दिनमा फिल्म क्षेत्र हाँक्ने क्षमता आफूले देखेको बताए । उनले फिल्म निर्देशमा चुनौती धेरै भएको उल्लेख गर्दै डटेर सामना गर्न प्रकाशलाई सुझाए ।
भुवनले कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काको पनि तारिफ गरे । उनले खड्का आफ्नो मनपर्ने अभिनेत्री भएको बताए । कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष थापाले प्रकाशलाई फिल्मी यात्राको शुभकामना दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिको भाग्यको कस्तो ? हेर्नुहोस् राशिफल
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण