एक वर्षमा राष्ट्र बैंकले गर्यो ३ हजार ७६ उजुरीको सम्बोधन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गएको एक वर्षमा ३ हजार ७६ वटा वित्त मुद्दा सम्बन्धी उजुरीको समाधान गरेको छ । २०८० वैशाख १ देखि चैत ३१ गते (मसान्त) सम्म प्राप्त उजुरी मध्ये ३ हजार ७६ वटा उजुरी तथा गुनासोको समाधान गरेको केन्द्रीय बैंकले जनाएको हो ।
खासगरी कर्जा, कर्जाको ब्याजदर, कालोसूची र विद्युतीय भुक्तानी सम्बन्धी कसुरमा बढी उजुरी आएको केन्द्रीय बैंकले जनाएको छ ।
वित्तीय ग्राहक संरक्षण इकाइले अनलाइन पोर्टल, टेलिफोन, इमेल, हेलो सरकारका सार्थ लिखित निवेदन र कार्यालयमै आएर दर्ता गराएका निवेदनमार्फत ग्राहकका गुनासो र विभिन्न समस्या, प्रश्न, जिज्ञासा, सुझावहरूको सम्बोधन गरिएको बैंकले जनाएको छ ।
कूल निवेदन मध्ये ७४ प्रतिशत अनलाइन पोर्टलमार्फत प्राप्त भएको जनाएको बैंकले १६ प्रतिशत टेलिफोन, इमेल, हेलो सरकारको माध्यमबाट र १० प्रतिशत लिखित निवेदन प्राप्त भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण