रुकुम पश्चिम र कालिकोटमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, १५ जना घाइते
सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–१४, को २२ वर्षीय विकास खड्का र १९ वर्षीय हरि आचार्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज पोख्रेलले रातोपाटीलाई जानकारी दिए ।
आठबिसकोट नगरपालिका–९ राडी बजारबाट जाजरकोटको रिम्नातर्फ जाँदै गरेको ट्याक्टर आठबिसकोट –१४ छेपारेमा केहीबेर अघि मात्रै दुर्घटनामा परेको थियो । घटनामा परी तीन जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको र घटनाको थप विवरण आउन बाँकी छ ।
यता कालिकोटमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । कर्णाली कोरिडोर अन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–३, मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौर भन्ने ठाउँतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जिप गएराती १० बजे दुर्घटनामा परेको कालिकोट प्रहरीले जनायो ।
जिप पचालझरना गाउँपालिका–८, को सिँजाबगरमा दुर्घटना भएको कालिकोटका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए । घाइेतहरुलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन अस्पतालको अनुगमन
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण