दुई दिने युवा वैज्ञानिकको सम्मेलन सकियो
काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको सुर्खेतमा आयोजित दुईदिने युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा मध्यपश्चिम विश्वविद्यालयको सहकार्यमा आयोजित सम्मेलनमा दुई दर्जनभन्दा बढी कलेजका युवा विद्यार्थीरूको सहभागिता रहेको थियो ।
समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले अबको विश्व युवाको काँधमा रहेको बताए । “आज संसारका धनी मुलुक सूचना, प्राविधिको विकासल त्यहाँ पुगेका हुन् । त्यसमा युवाहरूको ठूलो योगदान छ । अब नेपालमा पनि सूचना प्रविधिको विकासमार्फत युवाहरूको क्षमताको उपयोग गर्न जरूरी छ । त्यसले मात्रै नेपालको विकासमा योगदान पुग्छ”, उनले भने ।
सम्मेलनमा दुई दिनसम्म चलेका बृहत् छलफलबाट हासिल गरेका ज्ञानलाई आफ्नो जीवनमा प्रयोग गर्न उनले आग्रह गरे । सम्मेलनका एक हजार छ सयभन्दा बढीले अवलोकन गरेका आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण