सल्यानमा दम्पती मृत फेला
आइतबार, ३० वैशाख २०८१, १० : १०
सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४, देउलीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ३४ बर्षीय मनोज बुढा र उनकी श्रीमती अन्दाजी ३२ वर्षीया कमला बुढा मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार आइतबारको उक्त घटना श्रीमाले श्रीमतीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जस्तो देखिएको छ । मनोज झुण्डिएको अवस्थामा फेला परेको कमलाको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको उनले बताए ।
स्थानीयको भनाइ अनुसार मनोजको मानसिक अवस्था राम्रो थिएन । यद्यपि घटनाको विषयमा थप विवरण भने आउन बाँकी छ । कार्कीकै नेतृत्वमा घटनास्थलमा पुगेर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण