कांग्रेस प्रमुख सचेतक लेखकसँग रास्वपा सांसद खनालको भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद शिशिर खनालले कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर लेखकलाई भेट्न खनाल सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए ।
रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कांग्रेस लिएको अडानबारे खनालले लेखकसँग छलफल गरेका हुन् । खनालले सहकारी ठगीमा संसदीय समिति गठनको मागमा आफ्ना पार्टी सभापति लामिछानेमाथि केन्द्रित नभई दिन आग्रह गरेका थिए ।
‘हामी संसदीय छानबिन समिति गठनमा सकारात्मक छौँ । रवि लामिछानेमाथि नै केन्द्रित संसदीय छानबिन समिति नभनिइदिनुस् । समग्र सहकारी ठगीका विषयमा समिति बनाउन हामीलाई समस्या छैन । रवि लामिछानेका लागि मात्र समिति बनाएको नदेखियोस्,’ खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
छलफलमा लेखकले समग्र सहकारी ठगी प्रकरणमा लामिछानेको विषयलाई प्रवेश गराएर एउटै समिति गठन गर्न सकिने जवाफ दिएका थिए । कांग्रेस नेताहरूले संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका नेताहरू सकारात्मक देखिन्छन् । संसदीय छानबिन समिति गठनको विपक्षमा उभिएर एमालेले द्वन्द्व सिर्जना गर्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण