बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

‘बस्यौ अलक्कै’ मा अर्जुन र गरिमाको रोमान्स

सोमबार, ३१ वैशाख २०८१, १३ : १६
सोमबार, ३१ वैशाख २०८१

काठमाडौँ । लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बस्यौ अलक्कै’ सार्वजनिक भएको छ । गीत गायनमा सापकोटालाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् ।

अर्जुनकै सङ्गीत रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् । एचबिएन किस्मतको एरेन्ज गीतमा छ ।  गीतमा भिडियो पनि बनेको छ । भिडियोमा गायक सापकोटाले मोडल गरिमा शर्मासँग रोमान्स गरेका छन् । 

युवकको युवतीप्रति एकोहोरो प्रेमकथा देखाउन खोजिएको भिडियो विशाल घिमिरे निर्देशन गरेका हुन् । भिडियोमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसीको अभिनय छ । 

बुद्ध थापाको छायाङ्कन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप