पश्चिम सेतीबाट उत्पादित विद्युत् प्रशारणमा सम्झौता
काठमाडौँ । राष्ट्रिय प्रशारण ग्रिड कम्पनी र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबिच प्रशारणलाइन प्रयोग गर्ने सम्झौता भएको छ । नेपाल सरकारले प्रशारण लाइन निर्माणका लागि खडा गरेको ग्रिड कम्पनीले बनाउने प्रशारणलाइनबाट बिजुली लैजान सम्झौता पत्रमा सोमवार काठमाडौँमा एक कार्यक्रमबिच हस्ताक्षर भएको हो ।
एनएचपीसीले उत्पादन गर्ने पश्चिम सेतीको बिजुली सरकारी ग्रिड कम्पनीले बनाएको प्रशारणलाइन प्रयोग गर्ने गरी लैजाने सम्झौता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारीको उपस्थितमा ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्रप्रसाद ज्ञवाली र एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्यायले सम्झौतामा हस्ताक्षर गरे ।
दुवै आयोजनाको विकासका लागि एनएचपीसीसँग एमओयू भएको छ । पश्चिम सेती ७५० मेगावाट क्षमता भएको आयोजना हो । सोही आयोजना नजिकैबाट ग्रिड कम्पनीले प्रशारणलाइन बनाइरहेको छ । ग्रिड कम्पनीकै प्रशारणलाइमा ह्वीलीङ चार्ज तिरेर बिजुली लैजाने सम्झौता भएको छ ।
पश्चिमी सेती करिडोरमा १८ सय मेगावाट परियोजना निर्माणको चरणमा रहेको छ । एनएचपीसीले दोधारा–बरेली ४०० केभी प्रशारणलाइनमार्फत भारत बिजुली लैजानेछ । २०७९ भदौ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सेती नदी र पश्चिम सेती जलविद्युत आयोजना विकासको जिम्मा एनएचपीसीलाई दिने गरी सम्झौता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण