पाकिस्तान प्रशासित कश्मीरमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, ४ जनाको मृत्यु
इस्लामवाद । कश्मीरको पाकिस्तान प्रशासित क्षेत्रमा मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमा मर्नेको सङ्ख्या ४ पुगेको छ । हिंसात्मक प्रदर्शनमा अन्य सय जना घाइते भएको बताइएको छ ।
शुक्रबारयता पिठो र बिजुलीको भाउमा भएको वृद्धिको विरोधमा भइरहेको प्रदर्शनमा हजारौँ मानिस सडकमा छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले २४ अर्ब रुपैयाँ बराबरको सहुलियतको घोषणा गरेपछि मंगलबार प्रर्दशनकारीहरुले विरोध प्रदर्शन बन्द गरेका छन् । सरकारले सबै माग स्वीकार गरेको बताइएको छ ।
प्रदर्शनका क्रममा मर्नेको परिवारका लागि सरकारले क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरूले गरेका छन् । सप्ताहान्तदेखि नै हिंसा चर्किएको थियो । स्थिति अनियन्त्रित बनेपछि अधिकारीहरूले मोबाइल सेवा नै ठप्प पारेका थिए । विद्यालय, सार्वजनिक यातायातका साधन र व्यवसायहरू समेत ठप्प प्रायः थिए ।
प्रदर्शनकारी र प्रहरीहरूले एक अर्कालाई प्रहार गरिरहेका तस्बिर र भिडियोहरू बाहिरिएका थिए । मर्नेमा एक जना प्रहरी अधिकारी भएको बताइएको छ । २ जनाको मृत्यु गोलीको चोटका कारण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण