पाकिस्तान प्रशासित कश्मीरमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, ४ जनाको मृत्यु

इस्लामवाद । कश्मीरको पाकिस्तान प्रशासित क्षेत्रमा मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमा मर्नेको सङ्ख्या ४ पुगेको छ । हिंसात्मक प्रदर्शनमा अन्य सय जना घाइते भएको बताइएको छ ।
शुक्रबारयता पिठो र बिजुलीको भाउमा भएको वृद्धिको विरोधमा भइरहेको प्रदर्शनमा हजारौँ मानिस सडकमा छन् । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले २४ अर्ब रुपैयाँ बराबरको सहुलियतको घोषणा गरेपछि मंगलबार प्रर्दशनकारीहरुले विरोध प्रदर्शन बन्द गरेका छन् । सरकारले सबै माग स्वीकार गरेको बताइएको छ ।
प्रदर्शनका क्रममा मर्नेको परिवारका लागि सरकारले क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारीहरूले गरेका छन् । सप्ताहान्तदेखि नै हिंसा चर्किएको थियो । स्थिति अनियन्त्रित बनेपछि अधिकारीहरूले मोबाइल सेवा नै ठप्प पारेका थिए । विद्यालय, सार्वजनिक यातायातका साधन र व्यवसायहरू समेत ठप्प प्रायः थिए ।
प्रदर्शनकारी र प्रहरीहरूले एक अर्कालाई प्रहार गरिरहेका तस्बिर र भिडियोहरू बाहिरिएका थिए । मर्नेमा एक जना प्रहरी अधिकारी भएको बताइएको छ । २ जनाको मृत्यु गोलीको चोटका कारण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानको दाबीमा महालेखाको अब्जेक्सन : प्राधिकरणको नाफा यथार्थपरक छैन
-
अबको दिन हाम्रो दिन हुनेछ : अध्यक्ष प्रचण्ड
-
महालेखा परीक्षक कार्यालयद्वारा प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस
-
महानगरको बेरूजु : काठमाडौँको सबैभन्दा धेरै, अन्य कसको कति बेरूजु ?
-
टिकटक लाइभ भइरहँदा ब्युटी इन्फ्लुएन्सरको गोली हानी हत्या
-
भ्याट विवादबिच अन्तर्राष्ट्रिय विमानलाई अर्को झड्का, १३ कम्पनीबाट २ अर्ब ३१ करोड असुल्न निर्देशन