हुम्लाका तीन बस्ती अन्धकारमा
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई र सिमकोट गाउँपालिकाको एउटा बस्ती आइतबारदेखि अन्धकारमा छन् । नाम्खा–३ को लामाखोल्सी र खगालगाउँ तथा सिमकोट गाउँपालिका–८ खोल्सी गाउँ लामाखोल्सी र खगालगाउँ बीचको खोलामा रहेको विद्युत गृहमा मेसिनको फित्ता चुँडिदा विद्युत् सेवा अवरुद्ध भएको हो ।
फित्ता चुँडिएर विद्युत् सेवा अवरुद्ध भएसँगै तीन बस्तीका झण्डै दुई सय ८० परिवार अन्धकारमा बस्न बाध्य भएको नाम्खा–३ खगालगाउँका रिक्जिन लामाले बताए । आइतबार साँझ फित्ता चुँडिदा यहाँका बासिन्दा बिजुलीबाट वञ्चित छन् । खगालगाउँमा ९०, लामाखोल्सीमा ३० तथा सिमकोट– ८ को खोल्सी गाउँमा एक सय ६० परिवारको बसोबास छ । नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले चुँडिएको फित्ता मर्मतका लागि पहल भइरहेको बताए ।
तीन बस्तीका लागि २८ किलोवाट क्षमताको छोइपुग लघुजलविद्युत् आयोजना निर्माण गरिएको थियो । विद्युत् सेवा अवरुद्ध हुँदा विद्युतीय माध्यमबाट सञ्चालित सम्पूर्ण कार्य प्रभावित भएका छन् । स्थानीयले सल्लाको दियालो (झोरो) को प्रयोग गर्नुपर्ने बाध्यता छ । यहाँ हिल्दुम जलविद्युत् आयोजनाको लाइन विस्तार हुन नसक्दा समेत समस्या भएको उपाध्यक्ष लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उडान सुरक्षाको यथार्थ र प्राधिकरण विभाजनको राजनीतिक अर्थशास्त्र
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण