ग्याँस र पेट्रोलियम पदार्थ प्रतिस्थापन गर्ने सरकारको तयारी
काठामाडौं– उर्जा जलश्रोत तथा सिञ्चाइमन्त्री बर्षमान पुनले सरकारले ग्याँस र इन्धन आयात प्रतिस्थापन गर्ने तयारी गरेको बताएका छन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको नुवाकोटमा शिलान्यास गर्दै मन्त्री पुनले ग्यास र पेट्रोलियम पदार्थको आयात गर्दा ठूलो धनरासी बाहिरिने भएकाले सरकारले त्यसको विस्थापन गर्ने योजना बनाएको बताएका हुन् ।
‘अब घर–घरमा इन्डक्सन चुलो जोडिन्छ, त्यसका लागि सरकारले विशेष योजना बनाउँदैछ’ मन्त्री पुनले भने ।
उनले विद्युतको राष्ट्रिय प्रसार लाइनमा सौय उर्जा र वायू उर्जा जोड्ने गृहकार्य भइरहेको भन्दै दशहजार मेगावाट विद्युत उत्पादन हुँदा १ हजार वायु र सौर्य उर्जा मिक्स गर्ने तयारीमा सरकार लागिरहेको बताए ।
त्यस्तै, मन्त्री पुनले केन्द्रीय विद्युत नपुगेका ठाउँमा सरकारले सोलार ग्रीड पुर्याउने समेत बताए ।
‘भारतबाट ईन्धन आयात प्रतिस्थापन गर्नेतर्फ सरकार लागिरहेको छ । हरेक बर्ष रु एक खर्बभन्दा बढि इन्धनमा र २४ अर्ब ग्याँस आयातमा खर्च हुन्छ । यसो भए बढ्दो व्यापार घाटा समेत कम गर्ने सकिन्छ’ मन्त्री पुनको भनाई थियो ।
तीन करोड ८० लाख अमेरिकी डलरमा बन्ने नेपालकै सबैभन्दा ठूलो सोलार प्लान्टको शिलान्यास
व्यापार घाटा कम गर्ने उपायमध्ये विद्युत उत्पादन र त्यसको प्रयोग एक माध्यम भएको भन्दै उनले ४ वर्ष अघि २२ खर्ब रहेको राष्ट्रिय उत्पादन अहिले ३० खर्बमा पुगेको जानकारी दिए ।
‘केही मात्रामा राष्ट्रिय उत्पादन त बढेको छ तरपनि सन्तोष गर्ने ठाउँ छैन’ मन्त्री पुनले बताए ।
उनले आगामी १० बर्षलाई उर्जा दशकका रुपमा बनाउन सरकारको प्रयास रहने जनाए । नुवाकोटको विदुरनगरपालिका वडा नं ६ मा उद्घाटन भएको सोलर ग्रीड १० महिनाभित्र सञ्चालमा ल्याउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण