नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन् ।
बिहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोसन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘भन्सारलगायतका विषयहरू छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिक रूपमा छलफल नै गरिरहेका छौँ । राजस्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा जुन हिसाबले प्रमोसन भइरहेको छ, यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ । नेपालमा विद्युतीय सवारी साधनको प्रमोसनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’
यस्तै, उनले नेपालमा ऊर्जा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निजी क्षेत्रको रहेको पनि बताए । उनले भने, ‘हामीले २८ हजार मेघावाट विद्युतको लक्ष्य राखेका छौ । त्यो पुरा गर्नको लागि निजी क्षेत्र नै हो नेपालमा अहिलेको ऊर्जा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको छ । तपाईँहरूलाई सहजीकरण गर्न हामी सधैँ तयार छौ ।’
अर्बौँ रुपैयाँ वनलाई क्षतिपूर्ति दिएर वन कटानीको सहमति लिनुपर्नेलगायत विभिन्न किसिमका ठाउँमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भएपनि उत्पादन खर्च घटाउनुपर्ने पनि उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण