नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतीय सवारी साधनले एकदमै राम्रो पिकअप लिएको बताएका छन् ।
बिहीबार प्रि–बजेटको छलफल कार्यक्रममा उनले विद्युतीय सवारी साधनले नेपालमा राम्रो प्रमोसन गरेको भन्दै यसप्रति विशेष ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘भन्सारलगायतका विषयहरू छन् त्यसमा सहजीकरण हुन्छ नै भन्ने मलाई लाग्छ । धेरै विषयमा हामी आन्तरिक रूपमा छलफल नै गरिरहेका छौँ । राजस्वको विषयले गर्दा विद्युतीय सवारी साधनमा जुन हिसाबले प्रमोसन भइरहेको छ, यसमा विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ । नेपालमा विद्युतीय सवारी साधनको प्रमोसनका कारण राम्रो पिकअप लिएको छ । नेपालमा ग्रिन इनर्जीलाई यसले सपोर्ट गरेको छ ।’
यस्तै, उनले नेपालमा ऊर्जा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका निजी क्षेत्रको रहेको पनि बताए । उनले भने, ‘हामीले २८ हजार मेघावाट विद्युतको लक्ष्य राखेका छौ । त्यो पुरा गर्नको लागि निजी क्षेत्र नै हो नेपालमा अहिलेको ऊर्जा क्षेत्रमा सबैभन्दा महत्त्वपूर्ण भूमिका खेलेको छ । तपाईँहरूलाई सहजीकरण गर्न हामी सधैँ तयार छौ ।’
अर्बौँ रुपैयाँ वनलाई क्षतिपूर्ति दिएर वन कटानीको सहमति लिनुपर्नेलगायत विभिन्न किसिमका ठाउँमा धेरै लगानी गर्दा खर्च धेरै भएको भन्दै जसरी भएपनि उत्पादन खर्च घटाउनुपर्ने पनि उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपालको बदनियत देखाउन यस्ता छन् अख्तियारले लिएका आधार
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु
-
डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल
-
सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल
-
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे