श्रीमतीको पूर्व श्रीमानबाट भएका दुई छोराको बानेश्वरमा हत्या
काठमाडौँ । राजधानीको बानेश्वरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका दिलीप यादवले दुईभाई झड्केलो छोराको हत्या गरेका छन् ।
सुकुम्बासी बस्तीमा हत्या गरेर खाटमुनी लुकाएर राखेको अवस्थामा ६ बर्ष र ८ बर्षका दुई नाबालकको शव फेला परेको बताइएको छ ।
श्रीमानले छाडेका सम्झना सरदारसँग यादवले केही समयअघि विवाह गरेका थिए ।
पछिल्लो समय सम्झना विराटनगर बस्दै आएकी थिइन् भने छोराहरु काठमाडौमा थिए ।
यादवले सम्झनाकी बहिनी सुनिता दर्जीलाई ‘दिदीलाई नझिकाए छोराहरु मार्दिन्छु’ भन्दै केही दिनअघि धम्की दिएका थिए ।
एकाएक बच्चाहरु हराएपछि परिवारले वैशाख १० गते महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा उजुरी दिएका थिए ।
शुक्रबार दीलिप आफैँले संझनालाई ‘तेरा छोराहरु खाटमुनि छन्’ भनेपछी उनले प्रहरीलाई खबर गरेकी थिइन् ।
घट्नास्थलबाट प्रहरीले दुई नाबालकको शव बरामद गरेको छ ।
हत्यामा संलग्न दिलीप यादवको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण