अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ: मन्त्री चौधरी
सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने गरी तयारी गरेको बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढी भन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै उनले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको विभिन्न सन्धि सम्झौताहरूको कार्यान्वयनका निम्ति पनि हामी लागिरहेको बताइन् ।
'हामी आफैले पनि अपाङ्गता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अगाडि बढाइरहेका छौँ । देशभर भएका सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बिमा गराउने लक्ष्य लिएका छौँ । त्यसो गर्न सकेमा धेरै राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले पहल गर्दै आएका छौँ', मन्त्री चौधरीले भनिन्, 'यी कुराहरू यसैपालि पनि सहयोग गर्न सकिन्छ, यदि स्थानीय निकायले सहयोग गर्यो भने । स्थानीय निकायको निजी आयस्रोत पनि रहेको छ । '
मन्त्रालयले नयाँ योजना, नयाँ कार्यक्रमहरू अगाडि बढाउँदै आएको भन्दै उनले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि सम्झौताहरूमा समेटिएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्षमा काम गर्ने सन्दर्भमा पनि सरकार जिम्मेवार रहेको विश्वास दिलाइन् ।
मन्त्रालयले नयाँ कार्यक्रमका रूपमा 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' ल्याएको भन्दै मन्त्री चौधरीले विपन्न परिवारका छोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको बताइन् । यस वर्ष पाइलट प्रोजेक्टका रूपमा केही ठाउँबाट सुरु गरिने मन्त्री चौधरीले बताउइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?
-
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
-
प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण