सङ्घीयताको विषयमा छेडखानी भए सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुन्छ : सांसद राई
काठमाडौँ । श्रम संस्कृति पार्टीले संविधान संशोधनको नाममा सङ्घीयतामा छेडखानी भएमा सिंहदरबारमा बस्ने शासकहरूको विरुद्धमा विद्रोह हुने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले संविधान संशोधनका नाममा प्रदेश खारेजी लोकतन्त्र सङ्घीयता धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने दुस्साहस गरेको आरोप लगाए ।
उनले संविधान संशोधन गर्ने भए अहिलेको संविधानमा रहेको महिलाको ३३ प्रतिशत अनिवार्य रहेको व्यवस्था ५० प्रतिशत पुर्याउने गरी गर्न सुझाव दिए ।
आदिवासी जनजाति, दलित, मुस्लिमलगायतका समुदायको अधिकारको सुनिश्चित गर्न गर्नुपर्ने बताए । उनले सभामुख डोलप्रसाद अर्यालसँग प्रतिनिधि सभा नियमावलीको नियम ५६ को कार्यान्वयन हुन्छ भन्दै प्रश्न गरे । त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहले दिएको राष्ट्रघाती अभिव्यक्ति कहिले सच्चिन्छ भन्ने प्रश्न पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘चलचित्र विधेयक २०८१’ माथि १२२ वटा संशोधन प्रस्ताव : कुन सांसदले के दिए सुझाव ?
-
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
-
प्रधानमन्त्रीको अभिव्यक्ति पछि ठोरी नाकामा समस्या देखियो,समाधानको पहल गरियोस् : थपलिया
-
संसद्मा शाहीले भने– नदीमा नागरिक गुहार मागिरहेका थिए, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरहेको थियो
-
सांसदहरूद्वारा कर्णालीमा दुर्घटना रोक्ने योजनाका लागि सरकारलाई रुलिङ गर्न माग
-
हालान्ड इंग्ल्यान्डका लागि सबैभन्दा ठुलो खतरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण