राष्ट्रपतिको मृत्युपछि इरानमा अब के होला ?
तेहरान । इरानी राष्ट्रपति इब्राहिम रईसीको एक हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । अजरबैजानबाट फर्किरहँदा हेलिकप्टर दुर्घटना भएको थियो । रईसीलाई इरानका ८५ वर्षीय सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको उत्तराधिकारी मानिएको थियो ।
उनको अचानक मृत्युले मध्यपूर्वको सबैभन्दा शक्तिशाली पदमध्येको एकको भविष्यलाई पनि असर गर्नेछ । यतिबेला धेरैको मनमा रईसीको ठाउँमा अब को राष्ट्रपति बन्लान् भन्ने कौतुहलता छाएको छ ।
इरानको संविधानको धारा १३१ अनुसार कार्यकालकै बेलामा राष्ट्रपतिको मृत्यु भयो वा पद छाड्ने अवस्थामा उत्पन्न भयो भने निर्वाचन नहुँदासम्म उपराष्ट्रपति अस्थायी राष्ट्रपति बन्ने व्यवस्था छ । रइसीको निधनपछि अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति बन्न सक्नेछन् ।
राष्ट्रपतिमा उनको नियुक्तिलाई खामेनीले मन्जुरी दिनुपर्नेछ । मोख्बर बढीमा ५० दिन मात्रै राष्ट्रपति रहनेछन् । इरानी संविधानअनुसार ५० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन गर्नुपर्नेछ ।
रइसीको दुर्घटनामा मृत्यु भएकाले अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन भन्न गाह्रो छ । पछिल्लो निर्वाचनमा इब्राहिम रईसीले खासै चुनौती सामना गर्नुपरेन । सो निर्वाचनमा ३० प्रतिशत मतदाताले मात्रै मताधिकार प्रयोग गरेका थिए । इरानका अधिकांश मतदाताले पछिल्लो चुनाव बहिष्कार गरेका थिए ।
मोखबर पनि अमेनीको निकटतम हुन् । प्रशासनमा उनको राम्रो पकड छ । उनी हाल एक्सपेडिएन्सी डिस्कर्नमेन्ट काउन्सिलका सदस्य पनि हुन् । यसअघि उनी सिना बैंकको बोर्ड अध्यक्ष र खुजेस्तान प्रान्तका डेपुटी गभर्नर भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण