आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

आजदेखि हलमा ‘पूजार सार्की’ र ‘फर्की फर्की’

बिहीबार, १० जेठ २०८१, १२ : ३२
बिहीबार, १० जेठ २०८१

काठमाडौँ । आज (बिहीबार)बाट देशभर फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ रिलिज भएको छ । नयाँ फिल्म शुक्रबार मात्र रिलिज गर्ने परम्परा भएपनि बुद्ध जयन्तीको अवसर पारेर यी दुई फिल्म बिहीबारबाटै आएका हुन् । 

सार्वजनिक प्रदर्शनमा आएसँगै दुवै फिल्मको परीक्षा सुरु भएको छ । ‘स्टार’को अभिनय रहेको यी दुई फिल्मको एकसाथ रिलिजलाई प्रतिष्ठाको लडाइँको रूपमा पनि हेरिएको छ । 

इनिसियल व्यापार ‘स्टार’कै भरमा हुने भएकोले कतिपयले यसलाई स्टारडमको परीक्षा समेत भन्छन् । यी दुवै फिल्म दर्शकमाझ प्रतीक्षित छन् । फिल्मको व्यवसाय पनि राम्रो हुने अनुमान गरिएको छ । ‘फर्की फर्की’ सुयोग गुरुङको निर्देशन रहेको फिल्म हो भने ‘पूजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका छन् ।

‘फर्की फर्की’ :

अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म हो । निर्देशक गुरुङकै लेखन रहेको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । अनमोल र जसिताको अलावा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय फिल्ममा छ ।

फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रूपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रूपमा छन् । फिल्मले टाइम लुपको कथालाई उठान गरेको छ । 

‘पुजार सार्की’ :

प्रदीप खड्का, आर्यन सिग्देल, पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’मा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।

फिल्मको बिहीबार बिहान सिभिल मल स्थित क्युज चलचित्र भवनमा प्रेस शो गरिएको थियो । प्रेस शोमा फिल्म मनपरेको प्रतिक्रिया धेरैले दिए ।

विकास सुवेदीको लेखन रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बनेको हो । सुवाश भुषालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी र हिमाल केसीको द्वन्द्व छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप