कालिकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते
बिहीबार, १० जेठ २०८१, १३ : ३४
कालिकोट । कालिकोटमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जिप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको हो ।
प्रहरीकाअनुसार उक्त दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेहरू सबै शुभकालिकाकै हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जिपमा सडकबाट तल खोलामा खसेको छ ।
घाइतेको अवस्था भने निकै गम्भीर रहेको बताइएको छ । घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण