आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् लुम्बिनीमा बुद्ध जयन्ती
लुम्बिनी दिवस

तस्बिरमा हेर्नुहोस् लुम्बिनीमा बुद्ध जयन्ती

बिहीबार, १० जेठ २०८१

बुटवल । वैशाख शुक्ल पूर्णिमाका अवसरमा बिहीबार विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ । २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

बुद्ध जयन्तीका दिन लुम्बिनीमा आन्तरिक तथा बाह्य पर्यटकको भिड लागेको लुम्बिनी विकास कोषले जनाएको छ । बौद्ध धर्मावलम्बीहरू मायादेवीको दर्शन र ध्यान  गर्न लुम्बिनी आएका छन् । कोषका सूचना अधिकारी डा. हरि ध्वज राईले लुम्बिनीमा बुद्ध जयन्तीको रौनक रहेको बताए । उनले विगतका वर्षभन्दा यो वर्ष बढी पर्यटक लुम्बिनी आएको बताए ।  कोषले ३ दिनसम्म विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने जनाएको छ । 

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र  मन्त्री नारायण काजी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । साँझ मायादेवी मन्दिरमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया