तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
सारांश
- भाङ्गे झरना नुवाकोटबाट रसुवा जाने सडकको छेउमा रहेको छ ।
- यो झरना चीनसँग जोडिने बेत्रावती-मैलुङ-स्याफ्रुवेशी सडकखण्डमा पर्छ र यसको उचाइ १ सय ८१ मिटर छ ।
- सामाजिक सञ्जालमा प्रचारप्रसार बढेपछि पछिल्ला वर्षहरूमा भाङ्गे झरनामा पर्यटकको चहलपहल बढेको छ ।
रसुवा । सडकको एकछेउ त्रिशूली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ । त्यही भीरबाट उर्लिन्छ – भाङ्गे झरना ।
नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केही बेर अड्याउँछ । पानीको बहाव बढेसँगै उत्तरगया गाउँपालिका–२ स्थित झरनाको चमक यतिबेला झनै बढेको छ ।
सडकसँगै रहेको र सहज पहुँचका कारण नुवाकोट, काठमाडौँ, धादिङलगायत विभिन्न स्थानबाट पर्यटक भाङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका छन् । यो झरना चीनसँग जोडिने बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डमा पर्छ । यो झरनाको उचाइ १ सय ८१ मिटर छ ।
_ScJcsRrRaZ.jpg)
०७९ सालसम्म खासै पर्यटकको चहलपहल हुँदैनथ्यो । सामाजिक सञ्जालमा झरनाको फोटो–भिडियो सार्वजनिक भएपछि पछिल्ला वर्ष पर्यटक बढेको उत्तरगया–२ का वडाध्यक्ष टुकुप्रसाद सुवेदी बताउँछन् ।
_SGN6X1DvRp.jpg)
दैनिक ३ देखि सय जनाको हाराहारीमा पर्यटक झरना हेर्न आउने गरेको उनले सुनाए । ‘शुक्रबार–शनिबार त अझै ५ सय जनासम्म आउनुहुन्छ । खान–बस्न पनि समस्या छैन । नजिकै होटेल र होमस्टे नै चलेका छन्,’ उनले भने ।
_om1Tc9PIze.jpg)
उनकाअनुसार चालु आर्थिक वर्षमा झरनाको पूर्वाधार व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारबाट ४० लाख रुपैयाँ विनियोजन भएको छ ।
झरनाबाट खसेको पानी तलपट्टि रहेको तलाउमा पुग्छ । पर्यटकहरू तलाउमा पौडिरहेको भेटिन्छन् । अग्लो भीरबाट झरेको झरनाको पानी त्रिशूली नदीमा मिसिन्छ ।
_NbhWpMxFl7.jpg)
मुख्यतः असार, साउन र भदौमा झरनामा पानीको बहाव निकै बढ्छ । यसपछि हिउँदसम्म क्रमशः पानीको बहाव घटेर झरना सुक्ने अवस्थासम्म पुग्छ । बर्खा सकिएपछि पानीको बहाव निकै घट्ने, कतिपय समयमा झरना सुक्ने भएकाले यसको आकर्षण पनि मौसमी रूपमा सीमित हुने गरेको छ ।
_7BzyhXCEmy.jpg)
काठमाडौँको टोखाबाट करिब ७० किलोमिटर तथा नुवाकोट सदरमुकाम विदुरबाट करिब १८ किलोमिटर दूरीमा छ ।
पर्यटकको सुविधाका लागि झरना छेउको डाँडामा भ्यूपोइन्ट पनि छ । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
_DVZQwIpIkE.jpg)
_OTFiondpEM.jpg)
_0hxjBZvg3Z.jpg)
_w83ujEFkQX.jpg)
_T8nPQTBN2a.jpg)
_a64E0Kscxj.jpg)
_W6Cbg1s29n.jpg)
_FblQ5n5L9G.jpg)
_k6VPMMGBEe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण