बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
सारांश
- नयाँ अध्ययनले बालबालिका मात्र नभई आमाबुबाको स्क्रिन प्रयोग पनि उनीहरूको मानसिक र भावनात्मक विकासका लागि हानिकारक हुन सक्ने देखाएको छ ।
- आफ्ना आमाबुबा सधैं मोबाइल वा अन्य डिजिटल उपकरणमा व्यस्त रहने महसुस गर्ने बालबालिकामा असुरक्षित भावनात्मक सम्बन्ध विकसित हुने सम्भावना बढी हुन्छ ।
- आमनेसामने कुराकानी वा पारिवारिक समयका क्रममा मोबाइल वा अन्य डिजिटल उपकरणले सम्बन्धमा अवरोध सिर्जना गर्नुलाई ‘टेक्नोफेरेन्स’ भनिन्छ ।
काठमाडौँ । बालबालिकाले मोबाइल वा अन्य डिजिटल उपकरण धेरै प्रयोग गर्नु चिन्ताको विषय बन्दै आएको छ । तर नयाँ अध्ययनले समस्या बालबालिकाको मात्र नभई आमाबुबाको स्क्रिन प्रयोग पनि उनीहरूको मानसिक र भावनात्मक विकासका लागि हानिकारक हुन सक्ने देखाएको छ ।
हालै प्रकाशित एक अध्ययनअनुसार, आफ्ना आमाबुबा सधैं मोबाइल वा अन्य डिजिटल उपकरणमा व्यस्त रहने महसुस गर्ने बालबालिकामा असुरक्षित भावनात्मक सम्बन्ध विकसित हुने सम्भावना बढी हुन्छ । यसले उनीहरूको आत्मविश्वास, सामाजिक सम्बन्ध र भावनात्मक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।
यो अध्ययन फ्रन्टियर्स इन साइकोलोजी नामक वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ । अनुसन्धानका क्रममा अमेरिकाका १२ देखि १७ वर्ष उमेर समूहका करिब ६०० किशोरकिशोरीको सर्वेक्षण गरिएको थियो । अध्ययनमा सहभागी धेरै किशोरकिशोरीले आमाबुबासँग समय बिताउँदा पनि उनीहरू मोबाइलमा व्यस्त हुने, आफूलाई बेवास्ता गरिएको वा प्राथमिकतामा नराखिएको महसुस हुने बताएका थिए ।
अमेरिकन साइकोलोजिकल एसोसिएसनका मनोवैज्ञानिक तथा फेलो डन ग्रान्टका अनुसार यस्तो अवस्थाले बालबालिकामा असुरक्षित भावनात्मक सम्बन्ध विकास गर्न सक्छ । यसको प्रभावले भविष्यमा उनीहरूको आत्मविश्वास कमजोर हुने, घनिष्ठ सम्बन्ध बनाउन कठिनाइ हुने तथा व्यक्तिगत वा व्यावसायिक सफलताका लागि आवश्यक जोखिम लिन हिच्किचाउने अवस्था सिर्जना हुन सक्छ ।
अनुसन्धानले “टेक्नोफेरेन्स’ भन्ने अवधारणालाई पनि जोड दिएको छ । यसको अर्थ, आमनेसामने कुराकानी वा पारिवारिक समयका क्रममा मोबाइल वा अन्य डिजिटल उपकरणले सम्बन्धमा अवरोध सिर्जना गर्नु हो । यसअघि यस्तो प्रभाव वयस्कहरूको सम्बन्धमा बढी अध्ययन गरिएको भए पनि यसपटक बालबालिका र किशोरकिशोरीमा यसको असरलाई विशेष रूपमा विश्लेषण गरिएको छ ।
अध्ययनले आमाबुबा र बालबालिकाको दृष्टिकोणमा पनि ठूलो अन्तर रहेको देखाएको छ । सन् २०२४ को प्यू रिसर्च सेन्टरको तथ्यांकअनुसार करिब आधा अमेरिकी किशोरकिशोरीले आफ्ना आमाबुबा कुराकानीका बेला मोबाइलका कारण ध्यान भंग हुने बताएका छन् । तर धेरैजसो आमाबुबाले भने आफूहरूको यस्तो बानी नियमित समस्या हो भन्ने स्वीकार गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण