आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय

नेपालीले १० महिनामा ८ अर्ब रुपैयाँको विदेशी चामल खाए

बिहीबार, १० जेठ २०८१, २० : ०३
बिहीबार, १० जेठ २०८१

 काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा नेपालीले ८ अर्ब रुपैयाँको विदेशी चामल खाएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा ८ अर्ब बढी रुपैयाँको चामल आयात भएको हो । 

भन्सार विभागको तथ्यांक अनुसार ७७ हजार मेट्रिक टनको चामल आयात भएको छ । सो बापत ८ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ । सो मूल्य बराबरको चामल नेपालीले उपभोग गरेको बुझिएको छ । 

यस्तै, चालु आर्थिक वर्षमा सरकारले चामल आयात गरे बापत ९२ करोड राजस्व संकलन गरेको छ । 

बासमती चामल, उसिना चामल लगायत आयात गरिएको विभागले जनाएको छ । ती चामल भारत, चीन, थाइल्यान्ड लगायत मुलुकबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

चालु आर्थिक वर्षमा चामलसहित ८ लाख ४९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । सो खाद्यान्न आयात गर्दा ४० अर्ब ०७ करोड रुपैयाँ खर्च भएको छ । चामल धान, मकै, गहुँ, चामल लगायत खाद्यान्न आयात भएको हो । २ अर्ब ५३ करोड रुपैयाँ सरकारले राजस्वा संकलन गरेको छ । 

नेपालमा इटाली, भारत, चीन, इन्डोनेसिया, अमेरिका, ब्रजिल लगायत मुलुकबाट खाद्यान्न आयात गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप