नेपालीले १० महिनामा ८ अर्ब रुपैयाँको विदेशी चामल खाए
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा नेपालीले ८ अर्ब रुपैयाँको विदेशी चामल खाएका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनामा ८ अर्ब बढी रुपैयाँको चामल आयात भएको हो ।
भन्सार विभागको तथ्यांक अनुसार ७७ हजार मेट्रिक टनको चामल आयात भएको छ । सो बापत ८ अर्ब ६४ करोड रुपैयाँ खर्च भएको तथ्यांकमा उल्लेख छ । सो मूल्य बराबरको चामल नेपालीले उपभोग गरेको बुझिएको छ ।
यस्तै, चालु आर्थिक वर्षमा सरकारले चामल आयात गरे बापत ९२ करोड राजस्व संकलन गरेको छ ।
बासमती चामल, उसिना चामल लगायत आयात गरिएको विभागले जनाएको छ । ती चामल भारत, चीन, थाइल्यान्ड लगायत मुलुकबाट आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा चामलसहित ८ लाख ४९ हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ । सो खाद्यान्न आयात गर्दा ४० अर्ब ०७ करोड रुपैयाँ खर्च भएको छ । चामल धान, मकै, गहुँ, चामल लगायत खाद्यान्न आयात भएको हो । २ अर्ब ५३ करोड रुपैयाँ सरकारले राजस्वा संकलन गरेको छ ।
नेपालमा इटाली, भारत, चीन, इन्डोनेसिया, अमेरिका, ब्रजिल लगायत मुलुकबाट खाद्यान्न आयात गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण