मसँग भनसुन गर्न नआए हुन्छ – एसएसपी पोखरेल
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बर्दी, हतियार र कानुनको प्रयोेग गर्दा आफु निर्दयितापुर्वक प्रस्तुत हुने बताएका छन् । शनिवार महानगरीय प्रहरी प्रभाग बलम्वुले अयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा बोल्दै एसएसपी पोखरेलले भने, ‘हामीलाई राज्यले बर्दी, हतियार र कानुन कार्यान्वयनको अधिकार दिएको छ, त्यसैले बर्दी, हतियार र कानुनको निर्दयीपूर्वक कार्यान्वयन गर्छु ।’
‘विगतमा उठबस गरेका, नातागोता र अन्य फरक प्रसङ्गमा चिनजान भएकाहरुले म बाट कुनै सुविधा र सहुलियत पाउने कुराको अपेक्षा नगरे हुन्छ’ एसएसपी पोखरेलले भने, ‘मेरो मृत्युको दिन मसँग अरु कोही जल्दैनन् त्यसैले कसैले गरेको गलत सिफारिस मेरा लागी स्वीकार्य छैन् ।’
नेपाली समाज आफु र आफ्नाहरुमा मात्र केन्द्रित भएको उल्लेख गर्दै काठमाडौँ प्रहरी प्रमुख पोखरेलले मुलुक परिवर्तनका लागी त्यस्तो स्वभाव परिवर्तन गर्नुपर्ने बताएका छन् ।
‘परिवर्तन बाढी जस्तो अचानक ल्याउन सकिँदैन’ उनले भने, ‘परिवर्तनका लागी सवैले आ–आफ्नो ठाउँबाट प्रण गर्नुपर्छ ।’
जनताको सहयोग बिना अपराध विरुद्ध लड्न नसकिने उल्लेख गर्दै उनले काठमाडौंमा धेरै ठूला तस्कर र अपराधी बस्ने गरेका दाबी गरेका छन् ।
‘गलत गर्नेबिरुद्ध निर्दयीपुर्वक कानुनको प्रयोग गरेमा समाज सुधार्न सकिन्छ’ उनले भने, ‘अन्याय गर्नेलाई बचाईदिन र मुद्दा कमजोर बनाउन मात्र सिफारिस आउने गरेको छ, त्यस्तो गलत सिफारिस गरेर समाजमा शुसासन कायम गर्न सकिँदैन् ।’
नागरिकको सुरक्षा र अपराध नियन्त्रणको सवालमा कसैसँग कम्प्रमाईज नगर्ने उल्लेख गर्दै उनले भने, ‘मेरो बोली र कामको मनिटर गर्नुस्, यदि म कतै चुकेको तपाईले देख्नुभयो भने प्रहरीमा रहन्नँ ।’
नागरीक सुनुवाई कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्बुकी प्रमुख (इन्सपेक्टर) सर्मिला गुरुङ्गले जुवातास र घरेलु मदिरा नियन्त्रणको सवालमा आफु कठोरतापुर्वक प्रस्तुत हुने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण