ऊर्जा मन्त्रालय अन्तर्गत तेस्रो र चौथो त्रैमासिक बजेट खर्च फुकुवा
आइतबार, १३ जेठ २०८१, ११ : ३७
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित प्राथमिकता प्राप्त परियोजनाका लागि विनियोजन गरिएको बजेटको तेस्रो र चौथो त्रैमासिक खर्च फुकुवा भएको छ ।
महालेखा नियन्त्रक कार्यालयले ललितपुर, झापा, कञ्चनपुर, दाङ, सर्लाही, मोरङ र लैनचौर (काठमाडौँ) का लागि प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनातर्फ शीर्षकमा वैदेशिक स्रोत (एडीबी) शोधभर्ना हुने अनुदान तथा ऋणमा भएको विनियोजित खर्च फुकुवा गरेको हो ।
यस्तो बजेट खर्च मध्ये स्वीकृत कार्यक्रम र अख्तियारी/एलएमबीआईएस बमोजिम हुनेगरी तेस्रो र चौथो त्रैमासिक सम्मको निकासा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण