४० दिनमा सकियो ‘खुस्मा’को छायाङ्कन
काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को छायाङ्कन सकिएको छ । दुई चरणमा फिल्मको छायाङ्कन गरिएको हो । पहिलो चरणमा मनाङमा छायाङ्कन भएको फिल्मको दोस्रो चरण पूर्वी रुकुमको विभिन्न स्थान र कास्कीमा छायाङ्कन भएको छ । ४० दिनको छायांकनपछि फिल्म सकिएको निर्माण युनिटले जनाएको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको फिल्म प्रेमकथा बिषयबस्तु बनाएको छ । फिल्मले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई देखाउने छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन अशोक थापा मगरले गरेका हुन् । वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर निर्माता रहेको फिल्मको सह–निर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन छ ।
फिल्ममा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
एसडी योगी र छान्जु पार्क (कोरियन) को संगीत सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रहेको फिल्म असोज ३ गतेबाट नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण