कांग्रेसको अवरोधका बिच आर्थिक वर्ष ०८१–०८२ को नीति तथा कार्यक्रममाथि छलफल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधबिच प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रममाथि छलफल अघि बढाइएको छ । सभामुख देवराज घिमिरेले कांग्रेसको अवरोधका बिच अघि बढाएका छन् । प्रधानमन्त्री प्रचण्डले गत जेठ १ गते राष्ट्रपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१–0८२ को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम छलफलका लागि पेस गरेका छन् ।
सो नीति तथा कार्यक्रममाथि संशोधन पेस गरेका राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेमकिपा सांसद प्रेम सुवालले रोष्टम प्रयोग नगरी आफू बसेको ठाउँबाटै संशोधन प्रस्तावमाथि बोलेका छन् ।
सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणका व्यक्तिलाई जोगाउन सत्ता पक्षले षडयन्त्र गरेको र यो लोकतन्त्र, गणतन्त्रमाथिको आक्रमण भएको बताउँदै नीति तथा कार्यक्रमको विरोध गर्ने बताए ।
यस्तै नेमकिपा सांसद सुवालले आफूले राखेको संशोधन विवरण प्रस्तुत गरेका छन् । उनले सांसदलाई प्रमुख प्रतिपक्षी दल सँग समझदारी गरेर जान पाएको भए राम्रो हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ
-
नाम्खा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
-
नेपालगञ्जको तापक्रम ४१ डिग्री पुग्ने अनुमान, पोखरासहितका सहरमा मध्यम वर्षा
-
चीनको निर्यातमा उल्लेख्य वृद्धि
-
गायक तथा सङ्गीतकार वसन्त थापा मगरले ल्याए गीत ‘बसौँ हजुर’
-
सीमित स्रोत, भारी अपेक्षा: कसरी हुन्छ पूरा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण