करिब २ सय ५० किलोग्राम गाँजासहित तीन जना पक्राउ
आइतबार, १३ जेठ २०८१, १२ : ५०
धनुषा । जनकपुर उपमहानगरपालिका-१३ पिराडी चोकबाट करिब २ सय ५० किलो अवैध लागु औषध गाँजासहित ३ जना पक्राउ परेका छन् । सर्लाही हरिवन नगरपालिका-८ स्कुल टोल बस्ने ३० वर्षीय नेत्रबहादुर श्रेष्ठसमेत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरीले बा.प्र०१-०२७ च १९७७ नम्बरको स्कार्पियो जाँच गर्ने क्रममा स्कार्पियामा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण