प्रदेश
विपक्षीद्वारा सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार
आइतबार, १३ जेठ २०८१, १५ : २८
धनगढी । प्रतिपक्ष दलहरूले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरेका छन् । आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले बहिष्कार गर्दै सभाबाट बाहिरिएका हुन् ।
बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँबाट बर्खे अधिवेशन आह्वान सम्बन्धी आएको पत्र सुनाउन खोज्दा प्रतिपक्ष दलहरूले विरोध जनाउँदै बाहिरिएका हुन् । विपक्षको उपस्थिति विना नै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण