झापामा माछा किसानमाथि मध्यरातमा छुरा प्रहार
काठमाडौँ । झापामा माछा पालन गर्दै आएका किसानमाथि आक्रमण भएको छ । अर्जुनधारा नगरपालिका–१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो ।
अर्जुनधारा नगरपालिका–१ मा करिब ५ वर्षदेखि १० कठ्ठा क्षेत्रफलमा माछा पालन गर्दै आएका टंक बहादुरमाथि ३५ वर्षीय कृष्ण भनिनेले सन्तोष एक्तेनले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
पीडितकी छोरी सलिना एक्तेनले सन्तोषविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी छिन् । बिएन्डसी अस्पताल बिर्तामोडमा टंकबहादुर उपचारत छन् ।
टंकबहादुरमाथि अर्जुनधारा–६ मा रहेको माछापोखरी को डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक सन्तोषले आक्रमण गरेका थिए ।
टंकबहादुरको दुबै खुट्टा तथा शरीरका विभिन्न भागमा छुरा प्रहार भएको सलिनाले बताइन् ।
सलिनाका अनुसार निद्रामा रहेका बेला सन्तोषले एकाएक आक्रमण गरेका थिए ।
राति आक्रमणपछि सन्तोषलाई छिमेकीहरूले समात्न खोजेका थिए । तर, छुरा देखाएर उनी भागेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सन्तोष अहिले फरार छन् । उनीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘फरार भएका व्यक्तिको खोजी भइरहेको छ,’ विष्टले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण