आर्थिक सर्वेक्षण: नार्कद्वारा फागुनसम्म ९४.१७ मेट्रिक टन बीउ उत्पादन
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले चालु आर्थिक वर्षको फागुनसम्म ९४.१७ मेट्रिक टन स्रोत बीउ उत्पादन गरेको छ ।
आर्थिक सर्वेक्षण २०८०/८१ का अनुसार तरकारी, फलफूल, अलैँची लगायत गरी ४ लाख २० हजार ५८ बेर्ना/बिरुवा र आलुको ४३ हजार ७५५ दाना पूर्व मूल बीउ उत्पादन भएको छ । यस्तै, ६० जातको पञ्जीकरण तथा उन्मोचनको कार्य अघि बढेको उल्लेख छ ।
नार्कले कृषि क्षेत्रमा जातीय तथा नस्ल विकास, प्रविधि विकास एवं हस्तान्तरण, स्रोत सामाग्री उत्पादन, आनुवंशिक स्रोत संरक्षण लगायतका कार्यक्रम सञ्चालन हुँदै आएको छ । गत आर्थिक वर्ष १८ जात पञ्जीकरण/उन्मोचनको कार्य र बाली, बागवानी, पशु तथा मत्स्यपालन यान्त्रीकरणको गरी जम्मा २५ नयाँ प्रविधि विकास भएको थियो ।
जिन बैङ्क, तन्तु बैङ्क र डी.एन.ए. बैङ्क गरी गत आर्थिक वर्ष १,०७५ बालीको आनुवंशिक स्रोत संरक्षण गरिएकोमा चालु आर्थिक वर्षको फागुनसम्म १७५ आनुवंशिक स्रोत जिन बैङ्कमा संरक्षण गरिएको छ ।
चालु आर्थिक वर्ष केराको पानामा रोग व्यवस्थापन, तन्तु प्रविधि प्रयोग गरी स्याउको द्रुत गतिमा बेर्ना उत्पादन गर्ने प्रविधि, मकै बाली संरक्षण, कृषिमा आधारित जलवायु अनुकूलित खेती प्रविधि, अक्सिजन नानो बबल प्रयोग गरी माछा भुरा ढुवानी गर्ने प्रविधि र च्याउको पोस्ट हार्भेस्ट प्रशोधन प्रविधि विकास भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण