रासायनिक मलको माग ६ लाख मेट्रिक टन
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ लाख ६८ हजार ७ सय मेट्रिक टन रासायनिक मलको आपूर्ति भएको जनाएको छ । आर्थिक वर्षका लागि कूल ६ लाख मेट्रिक टन बराबरको माग भए पनि २ लाख ६८ हजार बराबरको मात्र मल आपूर्ति हुन सकेको सरकारले जनाएको हो ।
तथापि, अघिल्लो आर्थिक वर्षको मौज्दात समेत गरी चालु आर्थिक वर्षको फागुनसम्ममा २ लाख ७० हजार ६ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण गरिएको सरकारले जनाएको छ ।
२ लाख ३२ हजार ८६ मेट्रिक टन रासायनिक मल आयात भएकोमा मौज्दात समेत गरी १ लाख ७८ हजार ३२ मेट्रिक टन बिक्री वितरण गरिएको सरकारले जनाएको छ ।
कूल ६ लाख मेट्रिक टन रासायनिक मलको माग रहेकोमा सो मध्ये युरियाको ३ लाख ६० हजार, डिएपी २ लाख २० हजार र पोटास २० हजार मेट्रिक टन रहेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा रासायनिक मलको कुल माग ५ लाख २० हजार मेट्रिक टन रहेकोमा आर्थिक वर्षको अन्तसम्ममा ४ लाख ७ हजार ३ सय मेटिक टन मल आयात भई ३ लाख ४२ हजार ७ सय मेटिक टन मल अनुदानमा बिक्री वितरण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण