रासायनिक मलको माग ६ लाख मेट्रिक टन

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म २ लाख ६८ हजार ७ सय मेट्रिक टन रासायनिक मलको आपूर्ति भएको जनाएको छ । आर्थिक वर्षका लागि कूल ६ लाख मेट्रिक टन बराबरको माग भए पनि २ लाख ६८ हजार बराबरको मात्र मल आपूर्ति हुन सकेको सरकारले जनाएको हो ।
तथापि, अघिल्लो आर्थिक वर्षको मौज्दात समेत गरी चालु आर्थिक वर्षको फागुनसम्ममा २ लाख ७० हजार ६ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण गरिएको सरकारले जनाएको छ ।
२ लाख ३२ हजार ८६ मेट्रिक टन रासायनिक मल आयात भएकोमा मौज्दात समेत गरी १ लाख ७८ हजार ३२ मेट्रिक टन बिक्री वितरण गरिएको सरकारले जनाएको छ ।
कूल ६ लाख मेट्रिक टन रासायनिक मलको माग रहेकोमा सो मध्ये युरियाको ३ लाख ६० हजार, डिएपी २ लाख २० हजार र पोटास २० हजार मेट्रिक टन रहेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा रासायनिक मलको कुल माग ५ लाख २० हजार मेट्रिक टन रहेकोमा आर्थिक वर्षको अन्तसम्ममा ४ लाख ७ हजार ३ सय मेटिक टन मल आयात भई ३ लाख ४२ हजार ७ सय मेटिक टन मल अनुदानमा बिक्री वितरण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द