चक्रवातका कारण कोलकतामा ३ जना घाइते
सोमबार, १४ जेठ २०८१, १३ : २६

कोलकता । रेमल चक्रवातका कारण कोलकतामा तीन जना घाइते भएका छन् । प्रहरी अधिकारीले बताएअनुसार मानिक्तालामा चक्रवातका कारण तीन जना घाइते भएका छन् ।
चोट के कारणले गर्दा लाग्यो भन्ने कुरा भने ठ्याक्कै थाहा हुन नसकेको बताइएको छ ।
अधिकारीहरूका अनुसार मानिक्तालाका कयौँ स्थानमा रुखहरू उखेलिएर ढल्दा सवारी आवागमन प्रभावित भएको बताइएको छ । मुसलधारे वर्षाका कारण कयौँ स्थान जलमग्न समेत बनेको छ ।
मेट्रो रेल र सडकमा सवारी आवागमन अवरुद्ध भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण