लुम्बिनी प्रदेशमा बजेटको सिद्धान्तमाथि छलफल : कृषि, पर्यटनलाई प्राथमिकता दिएर बजेट ल्याउन सुझाव
बुटवल । लुम्बिनी प्रदेशमा कृषि र पर्यटनलाई जोडेर आगामी आर्थिक वर्ष २०८/०८२ को बजेट ल्याउन सुझाव सांसदहरूले दिएका छन् । लुम्बिनी प्रदेश समृद्ध बनाउने प्रमुख आधार कृषि र पर्यटन नै भएकोले कृषि र पर्यटनलाई केन्द्रमा राखेर बजेट ल्याउनु पर्ने सांसदहरूले बताएका छन् ।
प्रदेशको सभाको बैठकमा हिजो आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता पेस गरेका थिए । आज प्रदेश सभाको चौथो अधिवेशनको आठौँ बैठकमा उक्त विधेयक माथि छलफल चलेको हो ।
आज भएको छलफलमा सांसदहरूले सिद्धान्त र प्राथमिकतालाई कार्यान्वयन गर्ने गरी बजेट ल्याउन सुझाव दिएका छन्। प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले कृषि उद्यमशीलता बढाउन बजेट केन्द्रित हुनुपर्ने भन्दै तीस/चालिस वर्ष अगाडी विदेशमा चामल निर्यात गरेको देशमा अहिले ठुलो मात्रा आयत गर्नुपर्ने अवस्था आएको बताए । उनले दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिने गरी बजेट ल्याउनु पर्ने बताए ।
प्रदेश सभा सदस्य सञ्जयकुमारी चौधरीले सरकारले कागजमा बजेटको सिद्धान्त र प्राथमिकताहरू राम्रो ल्याएको तर, त्यसको कार्यान्वयन कस्तो हुने भनेर प्रश्न गरिन् । उनले समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनीको सोच साकार पार्न कृषि, पर्यटन, उद्योग र वन क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्ने बताइन् ।
प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले कृषि, पर्यटन, उद्योग, वनलाई नै प्राथमिकतामा राखेर जाँदा अर्थतन्त्रलाई दिगो बनाउन सकिने बताए। कृषि, पर्यटन, वनमा आधारित उद्योग स्थापना गर्न जोड दिनुपर्ने बताए।
त्यस्तै प्रदेश सभा सदस्य भुवनेश्वरप्रसाद चौधरीले शिक्षा, स्वास्थ्य, कृषिलाई सरकारले प्राथमिकता राखेको भए पनि रासायनिक मलको उत्पादन गर्न उद्योग स्थापनाको विषयमा सरकारले ध्यान नदिएको बताए । प्रदेशसभा सदस्य मिनाकुमारी श्रेष्ठले सन्तुलित अवधारणा अनुसार बजेट विनियोजन गर्नुपर्ने बताइन् । यसैगरी प्रदेश सभा सदस्य बादशाह कुर्मीले पछाडि परेका वर्गमा मधेसी र मुस्लिम समुदायलाई समेट्ने गरी प्रदेशमा बजेट ल्याउनुपर्ने बताए ।
आजको छलफलमा प्रदेश सभा सदस्य सुमन शर्मा रायमाझी, धनलक्ष्मी श्रेष्ठ, बसन्ती न्यौपाने, विश्व प्रेम पाठक लगायतले भाग लिँदै प्रदेशको अपनत्व
हुने गरी कार्यक्रम र बजेट ल्याउनु पर्नेमा जोड दिएका थिए । अब जेठ १६ गते पनि सोही विधेयमा छलफल चल्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण