११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा युवक पक्राउ
सोमबार, १४ जेठ २०८१, २१ : २६
बुटवल । अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा एक जना पक्राउ परेका छन् । गत वैशाख ३१ गते नाबालिकासँग बिहे गरेको आरोपमा अर्घाखाँचीकाे पाणिनी गाउँपालिका-४, पटौटीका अम्मरबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ३० वर्षीय रानाले ११ वर्ष ७ महिना पाँच दिनकी नाबालिकासँग बिहे गरेको सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) प्रतित सिंह राठोरले रानालाई पक्राउ गरी अदालतबाट पाँच दिनको म्याद थप गरेको बताए । उनले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण