विराटनगरको बेरुजू जिल्लामा सबैभन्दा कम
विराटनगर । महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार मोरङका १७ वटै पालिकामध्ये सबैभन्दा कम बेरुजू भएको पालिकामा विराटनगर महानगरपालिका परेको छ ।
विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखापरीक्षण गर्दा बेरुजू रकम भने ७ करोड ११ लाख ५३ हजार अर्थात् १.०३ प्रतिशत रहेको छ ।
यस्तै सबैभन्दा बढी बेरुजू प्रतिशत पथरीशनिश्चरे नगरपालिकामा देखिएको छ । पथरीशनिश्चरेमा लेखापरीक्षण गरेको १ अर्ब ३८ करोड ९८ लाख ३८ हजार रुपैयाँ मध्ये ४ करोड ८९ लाख २५ हजार अर्थात् ३.५२ प्रतिशत बेरुजू देखिएको हो ।
यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी गाउँपालिका, केराबारी गाउँपालिका, जहदा गाउँपालिकाको बेरुजू प्रतिशत ३ प्रतिशत भन्दा बढी देखिएको छ । सुन्दरहरैंचामा ३ अर्ब ६ करोड ५६ लाख ८९ हजार लेखापरीक्षण गर्दा ९ करोड ९२ लाख ३८ हजार बेरुजू पुगेको छ । यस्तै कानेपोखरी गाउँपालिकाको १ अर्ब ७७ करोड ८८ लाख ८४ हजार रुपैयाँको लेखापरीक्षण भइसक्दा बेरुजू रकम भने ५ करोड ५३ लाख ४० हजार पुगेको छ ।
यस्तै केराबारी गाउँपालिकाको बेरुजू ४ करोड ३६ लाख ९८ हजार, जहदा गाउँपालिकाको ४ करोड ४१ लाख ८३ हजार, उर्लाबारी नगरपालिकाको ६ करोड ७६ लाख ९५ हजार, रंगेली नगरपालिकाको ४ करोड ६३ लाख ५२ हजार, बेलबारी नगरपालिकाको ३ करोड ५९ ला २ हजार, रतुवामाई नगरपालिकाको ३ करोड ४५ लाख ४० हजार, लेटाङ नगरपालिकाको ३ करोड ३५ लाख ५६ हजार, सुनवर्षी नगरपालिकाको २ करोड ७१ लाख १० हजार रुपैयाँ बेरुजू रहेको छ । यस्तै कटहरी गाउँपालिकाको २ करोड ५७ लाख ३५ हजार, ग्रामथान गाउँपालिकाको २ करोड १८ लाख ५९ हजार, धनपालथान गाउँपालिकाको ४ करोड ६ लाख २० हजार, बुढीगंगा गाउँपालिकाको ३ करोड ७२ लाख ७८ हजार र मिक्लाजुङ गाउँपालिकाको बेरुजू ४ करोड ४५ लाख १५ हजार रुपैयाँ रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उक्त बेरुजू रकम स्थानीय तहको गठन भएयताको ७ वर्षमा कायम भएको रकम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण