सशस्त्र प्रहरी बल धनुषाले नियन्त्रणमा लियो ठुलो मात्रामा अवैध किसमिससहितको ट्रक
काठमाडौँ । भन्सार छलेर नेपाल भित्र्याएको अवैध किसमिससहितको ट्रक सशस्त्र प्रहरी बल धनुषाले नियन्त्रणमा लिएको छ। प्रहरीले ५५ लाख ५० हजार मूल्य बराबरको किसमिससहितका सामान र ओसारपसारमा प्रयोग भएको सवारीसाधन बरामद गरेको हो ।
हिजो साँझ धनुषाको जनकपुर उपमहानगरपालिका–१ स्थित सिता चोक एरियामा विशेष सूचना पाए लगतै सशस्त्र प्रहरी बल नेपाल नं ८ गण हेक्वा धनुषा मातहत, सुरक्षा वेश जनकपुरबाट सहायक प्रहरी नियन्त्रक उमेश कुमार कार्कीको कमान्डमा खटिगएको ७ जनाको मोबाइल गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविन लाल दासको कमान्डमा ५ जनाको संयुक्त टोलीले उक्त मात्रामा काजु तथा किसमिस बरामद गरेको हो ।
मधेस प्रदेश ०४-००१ख ०१७१ नम्बरको ट्रकमा राखेर भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको तेईस लाख छब्बीस हजार मूल्य बराबरको काजु २ हजार १०० केजी, किसमिस ५४० केजी र ट्रक बत्तिस लाख चौबिस हजार गरी जम्मा पचपन्न लाख पचास हजार बराबरको काजु किसमिस र ट्रक नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालय धनुषामा भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ८ गण हेक्वा धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण