आगामी वर्ष थप ४ लाख ४५ हजार जनसङ्ख्यामा खानेपानीको पहुँच पुर्याउने सरकारको लक्ष्य
काठमाडौँ । सरकारले सुनकोसी मरिन तथा सुनकोसी–कमल मरिनबाट आयोजनाबाट तराईका ८ जिल्लामा खानेपानी पुर्याउन सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै नारायणी नदीबाट चितवन र भेरी बबईबाट कोहलपुर र नेपालगन्ज लगायतका स्थापनामा थोक वितरण प्रणालीबाट पानी वितरण गर्न सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीले घोषणा गरे ।
भक्तपुरको महादेवखोला तथा गुल्मीको कंकी देउरालीमा जलाशययुक्त खानेपानी आयोजनाको काम अघि बढाइने भएको छ । ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोवीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने समेत सरकारको योजना छ ।
मधेश, कर्णाली र सुदुरपश्चिममा खानेपानी सरसफाइ तथा प्रशोधन सुरु गर्ने योजना अघि बढेको छ । आगामी वर्ष खानेपानी विस्तार सुविधाबाट ४ लाख ४५ हजार थप जनसङ्ख्या लाभान्वित हुने सरकारको आङ्कलन छ ।
अर्थ मन्त्रालयले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण