आगामी वर्ष थप ४ लाख ४५ हजार जनसङ्ख्यामा खानेपानीको पहुँच पुर्याउने सरकारको लक्ष्य

काठमाडौँ । सरकारले सुनकोसी मरिन तथा सुनकोसी–कमल मरिनबाट आयोजनाबाट तराईका ८ जिल्लामा खानेपानी पुर्याउन सम्भाव्यता अध्ययन गर्ने भएको छ । यस्तै नारायणी नदीबाट चितवन र भेरी बबईबाट कोहलपुर र नेपालगन्ज लगायतका स्थापनामा थोक वितरण प्रणालीबाट पानी वितरण गर्न सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीले घोषणा गरे ।
भक्तपुरको महादेवखोला तथा गुल्मीको कंकी देउरालीमा जलाशययुक्त खानेपानी आयोजनाको काम अघि बढाइने भएको छ । ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोवीघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने समेत सरकारको योजना छ ।
मधेश, कर्णाली र सुदुरपश्चिममा खानेपानी सरसफाइ तथा प्रशोधन सुरु गर्ने योजना अघि बढेको छ । आगामी वर्ष खानेपानी विस्तार सुविधाबाट ४ लाख ४५ हजार थप जनसङ्ख्या लाभान्वित हुने सरकारको आङ्कलन छ ।
अर्थ मन्त्रालयले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड विनियोजन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना
-
कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?
-
साहित्यकार निहारिकालाई योगमाया राष्ट्रिय पुरस्कार २०८१ प्रदान गरिने
-
कुटानी–पिसानी मिलबाट एक लाख बढी आम्दानी