बढ्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ?
बुधबार, १६ जेठ २०८१, ११ : ११
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ बढेको जानकारी दिएको हो ।
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ ।
यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलामा १९ सय ३० रुपैयाँ कायम भएको जनाएको हो । हिजो चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण