हङकङको अदालतद्वारा १४ जना प्रजातन्त्रसमर्थक कार्यकर्ता दोषी
हङकङ । हङकङको अदालतले बिहीबार १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । दोषी ठहर भएकामा पूर्व सांसदहरू लिउङ क्वोक–हङ, लाम चेउक–टिङ, हेलेना वङ र रेमण्ड चान पनि रहेका छन् ।
यो मुद्दा सरकारले छानेका तीन न्यायाधीशको इजलासले सुनुवाइ गरिरहेको थियो । यी न्यायाधीशहरूको इजलासले यस मुद्दामा पूर्व जिल्ला काउन्सिलर ली यु-शुन र लरेन्स लाउलाई भने सफाइ दिएको छ।

यस मामिलामा दोषी ठहर भएका १४ जनालाई आजीवन कारावासको सजाय हुनसक्छ । दोषी ठहरिएका १४ जनामा गोर्डन एनजी, ट्याट चेङ, क्लेरिस येउङ, माइकल पाङ, क्याल्भिन हो, हेलेना वोङ, सेज टक-लोय, ग्वेनेथ हो, रेमण्ड चान, ओवेन चाउ, लाम चेउक-टिंग, लेउंग क्वोक-हंग, रिकी आर र विनी यु रहेका छन्।
सन् २०२१ मा भएको अनौपचारिक प्राथमिक निर्वाचनमा भाग लिएको आरोपमा मुद्दा चलाइएका ४७ प्रजातन्त्र समर्थकहरूमध्ये यी १४ जना थिए। यी व्यक्तिहरूले हङकङ सरकारलाई पतन गर्न खोजेको अभियोजन पक्षले आरोप लगाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण