गाजा–इजिप्ट सीमामा रहेको रणनीतिक करिडोर इजरायली सेनाको नियन्त्रणमा
जेरुसेलम । गाजा–इजिप्टको सीमामा रहेको रणनीतिक करिडोर आफ्नो नियन्त्रण रहेको दाबी इजरायलको रक्षा मन्त्रालयले गरेको छ । अहिलेसम्म इजिप्टको सिनाईतर्फ जाने २० वटा सुरुङ पत्ता लागेको पनि बताइएको । सन् २००६ मा हतियार तस्करी रोक्न १४ किमी लामो फिलाडेल्फिया कोरिडोर बनाइएको थियो ।
सन २००७ मा हमासले हिंसात्मक रूपमा गाजा कब्जामा लियो । इजरायली सेनाका अनुसार भूमध्यसागरको एउटा खण्ड बाहेक करिडोरको अधिकांश भागमा सैनिकहरू भौतिक रूपमा उपस्थित थिए । इजरायलको यस कदमले इजिप्टसँगको उसको सम्बन्ध बिग्रने देखिएको छ । आफ्नो सीमा नजिक इजरायलको बढ्दो गतिविधिलाई इजिप्टले मन पराएको छैन ।
गएको वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेको थियो । जवाफमा इजरायलले पनि गाजापट्टीमा आक्रमण गरेको थियो । इजरायल र हमासबिचको यो द्वन्द्वमा १२ हजार मानिसको मृत्यु भएको थियो भने २५२ इजरायली र विदेशीलाई हमासले बन्धक बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण