परराष्ट्रको भिसा नोटपछि दूतावासले सन्दीपलाई बोलाउने
काठमाडौँ । अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।
‘हामीले दूतावासलाई हिजो भिसा नोट पठाएका थियौँ, दूतावासले आज अन्तरवार्ताका लागि बोलाउँछौँ भनेको हो,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि, लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो ।
यसैगरी, अमेरिकी दूतावास स्रोतले पनि लामिछानेलाई पुनः अन्तर्वार्ताको मौका दिन लागेको रातोपाटीलाई बताएको छ ।
यता नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दुर्गाराज पाठकले भने समाचार तयार पार्दासम्म लामिछानेलाई यसबारे कुनै आधिकारिक इमेल प्राप्त नभएको जानकारी दिए ।
बिहीबार बिहान खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटेर उनले आशावादी रहन आग्रह गरेका थिए । ‘सरकार यस विषयमा निकै चिन्तित छ । परराष्ट्रमन्त्रीज्यूले मेरै अगाडि भिसाको सहजीकरणका लागि पत्र लेख्नुभएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘अब भिसा स्वीकृत नभएपछि यसको कूटनीतिक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने छ । यसका लागि सरकारले आवश्यक पहल गरेको छ,’ मन्त्री श्रेष्ठको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण