उदयपुरको त्रियुगामा नोवेलको निःशुल्क स्वास्थ्य शिविर, २२ सय भन्दाबढीको उपचार
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ टोलीबाट त्रियुगा नगरपालिका वडा नं. १० मा दुई दिवसीय बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जेठ १४ र १५ गते आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बाइस सय
भन्दा बढीको स्वास्थ्य परीक्षण तथा उपचार भएको हो ।
बालमन्दिर माध्यमिक विद्यालय, बोक्सेमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको जनरल मेडिसिन, जनरल सर्जरी, प्रसती तथा स्त्री रोग, बाल रोग, हाड जोर्नी तथा नशा रोग, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग, रेडियोलोजी लगायतका विभागका विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए ।
शिविरमा २८७ जनाको निःशुल्क अल्ट्रासाउण्ड, ३५५ जनाको प्रयोगशाला परीक्षण, ११२ जनाको ई सि जि गरिएको र २५ जनाको दाँत खोलिएको थियो ।
शिविरबाट शल्यक्रिया लगायत थप उपचार आवश्यक भई रिफर भएका विरामीहरुलाई नोवेलमा आई उपचार गराउँदा अस्पताल सेवामा ५०% छुट दिइने नोवेलका जनसम्पर्क अधिकृत नविन दाहालले जानकारी दिए ।
संघिय सांसद डा. सुनिल कुमार शर्माले विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौं स्थीत काठमाडौं मेडिकल कलेजको विशेषज्ञ चिकित्सक टोली सहित पूर्वी नेपाल देखि पश्चिम नेपालका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका छन् ।
शिविरबाट लाखौं विरामीहरुले घरदैलोमा नै निःशुल्क रुपमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकेका छन् भने थप उपचारका लागि नोवेल र के एम सि आँउदा विशेष सहुलियतमा उपचार सेवा प्राप्त गर्ने व्यवस्था समेत डा. शर्माले गरिदिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण