मेडएक्स मल्टिस्पेसियाल्टी क्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरमा विभिन्न विशेषज्ञ सेवा उपलब्ध
काठमाडौँ । ललितपुरको भनिमण्डलमा अवस्थित मेडएक्स मल्टिस्पेसियाल्टी क्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरले विभिन्न विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ ।
हालै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भारतको हैदराबादस्थित यशोदा हस्पिटलका सिनिएर श्वासप्रश्वास रोग विशेषज्ञ डा. हरिकिसन गोनुगुन्ठलाले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरेका थिए ।
सेन्टरले राजधानीका वासिन्दाहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सो मल्टिस्पेसियाल्टी क्लिनिकमा पचास जना भन्दा बढी डीएम–एसीएच–फेलोसिप गरिसकेका सुपर स्पेसलिस्ट डक्टर र एमडी–एमएस पश्चात् आफ्नो क्षेत्रमा १० वर्ष भन्दा बढी अनुभव प्राप्त गरिसकेका चिकित्कहरुले सेवा दिने गरेका छन् ।
मेडएक्स मल्टिस्पेसियाल्टी क्लिनिक एन्ड डायग्नोष्टिक सेन्टरले प्रमाण आधारित अभ्यासलाई अपनाएको जनाइएको छ । जसले वैज्ञानिक प्रमाणहरूमा आधारित परीक्षण र उपचार गर्ने जनाइएको छ ।

सेन्टरले सबै किसिमको रक्त, दिशा– पिसाब, खकार को परीक्षण अत्याधुनिक प्रविधियुक्त मेसिनहरुद्धारा गर्नुका साथै रोग निदानका लागि आवश्यक पर्ने सवैजस्तो सेवाहरू प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत डा. विश्वकुमार श्रेष्ठले जानकारी दिए ।
सेन्टरमा सामान्य चिकित्सा), श्वासप्रश्वास तथा छाती रोग, मुटु रोग, पेट, कलेजो तथा आन्द्रा रोग, मस्तिष्क तथा नशा रोग, मिर्गौला रोग, बाल रोग, प्रसूति तथा स्त्री रोग, (छाला, ऐलर्जी तथा यौन रोग, हाड, जोर्नी तथा नशा रोग, बाथ रोग, मधुमेह, इन्डोक्राइनोलोजी तथा थाईराइड रोग र रक्त सम्बन्धी सबै रोगसम्बन्धी सेवा उपलब्ध रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसको जनादेश र रास्वपाको दस्तावेज मेल खाएन : सुदन किराती
-
दर्ता नभएका क्रसर बन्द गर्न निर्देशन
-
रञ्जु दर्शनाले पनि गरिन् विपिनलाई समर्थन
-
खरिपाटी होल्डिङ सेन्टरका सुकुमबासीको आक्रोश– हामी गोली थाप्छौँ, तर होल्डिङ सेन्टर छोड्दैनौँ
-
आँधीले जापानमा उडान प्रभावित
-
जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण